Logo

हृदयघातका कारण तानसेन नगरपालिकाका कांग्रेस उम्मेदवारको निधन

वैशाख २९, २०७४, नेपाली कांग्रेसका तर्फबाट तानसेन नगरपालिका ४ पाल्पाको वडा अध्यक्षमा टिकट ‘कन्फर्म’ भएको भोलिपल्ट उम्मेदवार ४६ वर्षीय राजेन्द्र श्रेष्ठको मृत्यु भएको छ ।उध्योग वाणिज्य संघका उध्योग उपाध्यक्षसमेत रहेका श्रेष्ठको मुटुको समस्याका कारण शुक्रबार बिहान मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । 

               बिहीबार मात्रै उनी वडा नम्बर ४ बाट उम्मेदवार चयन भएका थिए । २०५४ सालको स्थानीय निकायको निर्वाचनमासमेत उनी सोही वडाको वडाध्यक्ष थिए । तानसेनबाट बिहीबार बेलुकी बुटवलस्थित घरमा गएका उनलाई मुटुको समस्या देखिएपछि तत्कालै गौतमबुद्ध सामुदायिक अस्पताल बुटवलमा लगिएको थियो । हृदयघातका कारण ज्यान गएको हो ।
 
             उध्योग वाणिज्य संघमा यसअघिको कार्यकालमा समेत उद्योग उपाध्यक्ष भएका उनी सामाजिक कार्यकर्ता हुन् । तानसेन ४ विशालबजार निवासी श्रेष्ठ ठेक्कापट्टा व्यवसायमा अघि बढेपनि पछिल्लो समयमा सामाजिक काममा सक्रिय थिए । कांग्रेस सभापति वीरबहादुर रानाका अनुसार श्रेष्ठको पार्थिव शरीर तानसेन ल्याइने छ । उनी नेपाली कांग्रेसका जिल्ला सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस्