Logo

‘एचआइभी संक्रमितको आयु साधारण मानिस जत्तिकै’

ब्रिटेनमा अनुसन्धाताहरुले भनेका छन् युरोप तथा उत्तर अमेरिकामा एचआइभी संक्रमित बिरामीहरुका निम्ति उपलब्ध एन्टी रेट्रोभाइरल उपचारमा आएको उल्लेख्य सुधारका कारण ती बिरामीले साधारण मानिस जति नै लामो बाँच्ने अपेक्षा राख्न सक्छन्।ल्यान्सेटमा प्रकाशित उनीहरुको अध्ययनले जति चाँडो सो उपचार विधि अपनाइन्छ उतिनै लामो र स्वस्थ्य जीवन बाँच्ने सम्भावना बढ्ने देखाएको छ।

सफलता

ब्रिस्टल विश्वबिध्यालयका अनुसन्धाताहरुले शरिरमा रहेको एचआइभी भाइरसलाई विस्तार हुन नदिने र अन्य नकारात्मक प्रभाव नपार्ने नौला औषधिको प्रयोगले एचआइभी उपचारमा यो असाधारण सफलता हात लागेको जनाएका छन्।सो भाइरस संक्रमित ९० हजार बिरामीबारे १८ वटा विभिन्न अध्ययनका आँकडा केलाएर अनुसन्धाता सो निश्कर्षमा पुगेको बताइएको छ।

               उनीहरुको अनुमान अनुसार सन् २००८ मा २१ वर्षको उमेरमा कोही एचआइभी संक्रमितले उपचार थालेको छ भने उक्त व्यक्ति सत्तरी वर्षभन्दा माथिको उमेरसम्म बाँच्न सक्छ।रोग परीक्षणमा गरिएका सुधार, निरोधात्मक कार्यक्रम तथा विकसित उपचार विधिले एचआइभी समस्या समाधानमा सघाउ पुगेको बताइएको छ।तर अझपनि कैयौं एचआइभी संक्रमित व्यक्ति अपेक्षित लामो समय बाँच्न सक्दैनन् खासगरि त्यस्ता व्यक्ति जसलाई संक्रमित सुईका कारण उक्त बिमारी लागेको छ।

              एन्टी रेट्रोभाइरल थेरापी अन्तर्गत तीन वा बढ्ता औषधिहरुको प्रयोगले ह्यु मन इम्म्युनो डिफिसियन्सी एचआइभी भनिने भाइरसको स्वाभाविक विस्तारमा रोक लगाइन्छ।यसलाई गएको ४० वर्ष यताकै सबभन्दा महत्वपूर्ण जनस्वास्थ्य सफलताको कथा मानिएको छ।युरोप र उत्तर अमेरिकामा २० लाखभन्दा धेरै मानिस एचआइभी भाइरस संक्रमित छन् भने विश्वभर उक्त संख्या ३ करोड ६० लाख जति छ।

   बीबीसी

 

प्रतिक्रिया दिनुहोस्