Logo

आईजीपीको मुद्दा फेरि स्थगित

वैशाख २८, २०७४- सरकारले प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त गरेको विरोधमा परेको रिटको सुनुवाई बिहीबार पनि स्थगित भएको छ । प्रहरी नायव महानिरीक्षक (डीआईजी) नवराज सिलवालले दायर गरेको मुद्दाको सुनुवाई गत वैशाख १९ गतेका लागि तोकिएको थियो ।

      प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाभियोग लागेपछि मुद्दाको सुनुवाई बिहीबारका लागि सरेको थियो । गत आईतबार सिलवालले दायर गरेको रिट निवेदन साप्ताहिक पेशी सूचीमा तोकिए पनि बिहीबार भने मुद्दा स्थगित भएको छ । अब उनको मुद्दा वैशाख ३१ गते हुने पहिलो चरणको निर्वाचनपछि मात्रै सुनुवाई हुने निश्चित भएको छ ।

प्रतिक्रिया दिनुहोस्