Logo

लक्ष्मी म्युचुअल फण्डको १० करोड इकाई विक्री गर्ने आज अन्तिम दिन

वैशाख २८, काठमाडौं, लक्ष्मी बैंक लिमिटेडको कोष प्रवर्द्धक लक्ष्मी म्युचुअल फण्डले १० करोड इकाइ विक्री बन्द  वैशाख २८ गते गरेको छ । सो इकाईमध्ये १ करोड ५० लाख वा कुल विक्री भएको इकाई सङ्ख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रवद्र्धक श्री लक्ष्मी बैङ्क लिमिटेडलाई सुरक्षित राखी बाँकी न्यूनतम ८ करोड ५० लाख इकाई सार्वजनिक रुपमा विक्रीका लागि खुला गरेको हो । लक्ष्मी म्युचुअल फण्ड अन्तरगत सञ्चालित हुने लक्ष्मी इक्विटी फण्ड धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सर्वसाधारणमा आह्वान पत्र निष्कासन गरेको हो ।

यस लक्ष्मी म्युचुअल फण्डको वैशाख २२ गतेदेखि निष्कासन खुला भएको हो ।  दरखास्त दिन पाउने न्यूनतम इकाई  प्रति इकाई रू. १० अङ्कित दरको एक सय इकाईदेखि एक करोड इकाईसम्म सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।  धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक  लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले रहेको  छ । यसका साथै,  लक्ष्मी क्यापिटल मार्केट नयाँ बानेश्वर, लक्ष्मी बैङ्क हात्तीसार र शाखाहरुमा टेकु, न्यूरोड, महाराजगञ्ज, पुल्चोक, नयाँ बानेश्वर, कलङ्की, सुकेधारा, लगनखेल कौशलटार र उपत्यका बाहिरमा पोखरा, बनेपा, वीरगञ्ज, नारायणगढ, भैरहवा, दमक , इटहरी, बुटुवल, खैरेनी, धरान चरिकोट, बिर्तामोड, कोहलपुर , वालिङ्ग, धनगढी, बागलुङ, स्याङ्जा, नवलपरासी, गाईघाटबाट पनि आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्