Logo

चुनावकै मुखमा सामूहिक पार्टी परित्याग

ओखलढुंगा ।  नयाँ शक्ति नेपालका जिल्ला कमिटीका प्रमुख नेताहरुले सामूहिक पार्टी परित्याग गरेका छन् । चुनावको संघारमै ९ नेताले पार्टी परित्याग गरेका हुन् ।उनीहरुले एक वक्तव्य जारी गर्दै पार्टीबाट अलग भइ स्वतन्त्र भएको जनाएका छन् । पार्टीमा विधि पालना नभएको, आर्थिक चलखेल भएको वक्तव्यमा उल्लेख छ । पार्टी छोडेकामध्ये एक खुदबहादुर खत्री भने माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आजको कान्तिपुरमा खबर छ । जिल्लास्तरका प्रमुख नेताहरुले नै सामूहिक पार्टी परित्याग गरेपछि नयाँ शक्ति अहिले नेताविहीन जस्तै बनेको छ ।

प्रकाशित मिति बिहिबार, बैशाख २८, २०७४ 

 

प्रतिक्रिया दिनुहोस्