Logo

दोलखामा एमाले उम्मेदवारको छोराको हत्या

वैशाख २७, २०७४, दोलखाको गौरीशंकर गाउँपालिका-२ स्थित जुगुमा चुनाव प्रचार  प्रसार सकेर होटलमा बसिरहेका एक एमाले कार्यकर्ताको हत्या भएको छ । जुगुमा रहेको एक होटलमा बसिरहेका ३३ वर्षीय कुल बहादुर तामाङको हत्या भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । तामाङ गौरीशंकर गाउँपालिकाका एमाले उम्मेदवार रहेका गोरे तामाङका छोरा हुन् । उनलाई गए राति करिव साढे ८ बजेतिर माओवादी केन्द्रका कार्यकर्ताले भाला र खुकुरी प्रहार गरी हत्या गरेका दोलखा एमालेले आरोप लगाएको छ । 

प्रतिक्रिया दिनुहोस्