उमेर अनुसार फिट भए/नभएको जाँच्नुहोस
वृद्ध पिता तन्दुरुस्तीका साथ फूर्तिलो भएर काम गरिरहेका बेला तन्नेरी उमेरको तपाईं घरको भर्याङ पनि चढ्न नसकेर हैरान त हुनुभएको छैन ? बाल्यकालमा नै खराब जीवनशैलीको छनौटले आजकाल युवाहरु मुटुलगायतका स्वास्थ्य समस्याबाट पीडित हुने गरेका छन् ।
ब्रिटिश हर्ट फाउन्डेसनले हालै सार्वजनिक गरेको एक रिर्पोटमा ४४ प्रतिशत वयस्कले कहिल्यै पनि व्यायाम गर्दैनन् । तथापि मुटुका लागि व्यायाम गर्न यो उमेर छिटो पनि होइन र ढिलो पनि भइसकेको छैन ।
२० को दशक
यो अवधिमा तपाई शारीरिक रुपमा तन्दुरुस्त हुनुहुनेछ । तर बिचार पुर्याउनुहोस । २६ वर्ष पुगेपछि तपाईमा बुढ्यौली सुरु हुनेछ । २५ वर्षपछि हरेक वर्ष १ प्रतिशतका दरले शरीरको मांशपेशी घट्न थाल्छ ।
३० को दशक
यो अवधिमा पुरुषहरु आफ्नो जागिर वा अन्य व्यवसायको काममा व्यस्त हुन्छन् भने महिलाहरु गर्भवती हुने, आमा बन्ने गर्छन्,जसका कारण हार्मोन परिवर्तन हुन्छ । महिला र पुरुष दुवै सक्रिय हुने यस दशकमा शरीरका तन्तुमा बढी चोट पर्छ । यो अवधिमा मुटुसम्बन्धि पर्याप्त व्यायाम गरेमा मुटु रोगको खतरा कम हुने कुपर इन्स्टिच्युटले गरेको एक अध्ययनमा उल्लेख छ ।
यो अवधिदेखि नै हल्का व्यायाम गरेमा सम्भावित रोगको जोखिमबाट बच्न सकिन्छ । बसिरहनभन्दा केही लामो समय उभिने, लिफ्टको सट्टा भर्याङ प्रयोग गर्ने, सानो दूरीमा गाडी प्रयोग गर्नुका सट्टा फटाफट हिड्नेजस्ता सामान्य जीवनशैलीले पनि पछि हुने गम्भीर स्वास्थ्य समस्याबाट जोगाउँछ ।
४० को दशक
स्वास्थ्यका दृष्टिले यो अवधि महत्वपूर्ण समय हो । यसपछि अनुहारको चमक बिस्तारै हराउन थाल्छ भने मांसपेशीका तन्तु कमजोर हुँदै जान्छन् । शरीरको मेटाबोलिजम सुस्त हुन्छ । युवा बालबालिका र वृद्ध अभिभावकको माग र स्याहार सुसारका कारण पनि यो एउटा चुनौतीपूर्ण समय हो । मदिरा र चिल्लो पदार्थ बढी भएका खानेकुरा नखानुहोस् ।
एजेन्सीको सहयोगमा