Logo

वीर हस्पिटलमा नि:शुल्क मृगौला प्रत्यारोपण सेवा सुरु

वैशाख २६, २०७४- वीर अस्पतालले नि:शुल्क मृगौला प्रत्यारोपण सेवा सुरु गरेको छ । सरकारको पूर्वघोषित निर्णय अनुसार अस्पतालले नि:शुल्क प्रत्यारोपण सेवा सुरु गरिएको अस्पतालका निर्देशक डा. भूपेन्त बस्नेतले बताए ।

सिन्धुपाल्चोककी रश्मिला श्रेष्ठलाई उनकै दिदी लक्ष्मी श्रेष्ठले मृगौला दिएपछि अस्पतालमा नि:शुल्क मृगौला प्रत्यारोपण आरम्भ भएको डा. बस्नेतले बताए ।

मृगौला प्रत्यारोपणसम्बन्धी निर्देशिका – २०७४ अनुसार नै अस्पतालले नि:शुल्क कार्यक्रम सुरु गरेको निर्देशक बस्नेतले जानकारी दिए । निर्देशिकामा एउटा बिरामीको मृगौला प्रत्यारोपण गर्दा स्वास्थ्य मन्त्रालयले अस्पताललाई ४ लाख रुपियाँ र बिरामीलाई डेढ लाख रुपैयाँ दिने भनिएको छ ।

बिरामीले शल्यक्रियाअघि  ५० हजार रुपियाँ र प्रत्यारोपणपछि एक वर्षसम्मको औषधिका लागि एक लाख रुपैयाँ रकम पाउनेछन् । अस्पतालले नि:शुल्क मृगौला प्रत्यारोपणका लागि ३ सदस्यीय समिति गठन गरेको अस्पतालले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्