Logo

रनु जबेगुको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक

स्तावेज संवाददाता युएई,युएईमा रहेर पनि नेपाली नेपाली सुगम संगीतको पप तथा आधुनिक क्षेत्रमा कर्णप्रिय गीतहरु गाउँदै आएका झापाका रनु जबेगुले नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । ‘तिमीलाई नै भनेर सारा खुसी छोडी आएँ’ बोलको उक्त गीतको रचना तथा संगीत गायक स्वयं जबेगुको रहेको छ ।
‘तिमीलाई नै भनेर सारा खुसी छोडी आएँ
तिम्रो चोखो माया पाउन भनी आएँ ‘
               गायक जबेगुले ६ महिनाअघि युएईबाटै ‘आउ मेरो…’बोलको श्रुति मधुर गीत सार्वजनिक गरेका थिए । ‘ट्रायल’ एल्बममा समाविष्ट उक्त गीतको सफलताले अर्को नयाँ गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरेको रनुले बताएका छन् ।
                   नेपाली गीत संगीतलाई माया गर्दै आफ्नो कला बेलाबखत प्रस्तुत गर्दै आएका गायक रनू जबेगुको यो गीत मिठो मेलोडीमा सजिएको छ । यस गीतको म्युजिक भिडियोको छायांकन दुबईका रमणीय स्थानहरुमा गरिएको हो । गीतको म्युजिक अरेन्ज आकाश गोर्खालीको रहेको छ । भिडियोमा राना अलेक्स ‘सुरेश’ र पूजा तामाङको अभिनय रहेको छ भने ब्यान्ड अपेरियन्समा ड्रममा निओन लिम्बु, रिदममा सुदिप तामाङ, र बेसमा कविराज लाम्गादे रहेका छन् ।
                   उत्कृष्ट म्युजिक भिडियो बन्ने क्रममा पछिल्लोपटक यूएईको नेपाली संगीतमा गायक रनु जबेगु राम्रो सम्भावनाका साथ देखापरेका छन् । रुनु विगत सात वर्षदेखि यूएईमा कार्यरत छन् । गीतसंगीतमा गहिरो रुचि भएका रुनुले धेरै लामो अभ्यास र प्रयासपछि निरन्तर रुपमा युएईबाटै कर्णप्रिय गीतहरु सार्वजनिक गरिरहेका छन् ।
                 रोजगारीका लागि परदेशिएकाहरुले पनि स्तरीय म्युजिक भिडियो दिनानुदिन सार्वजनिक गरिरहेका छन् । पछिल्लो समयमा म्युजिक भिडियो निर्माणकै लागि नेपालबाटै प्रोफेसनल म्युजिक भिडियोकर्मीहरु यूएई आएर काम गर्न थालेका छन् भने केही अनुभवी कलाकर्मीहरुको अथक प्रयासबाट हेर्नलायक म्युजिक भिडियो बनाउन थालेका छन् । रनुका गीत तथा भिडियोहरु पनि उत्कृष्ट सिर्जनाभित्र पर्न थालेका छन् । गायक रनुलाई उज्जवल सांगीतिक भविष्यको अग्रिम शुभकामना । 

प्रतिक्रिया दिनुहोस्