Logo

बिपी कोइराला क्यान्सर अस्पतालको निर्देशकमा डा. विजय

काठमाडौं, चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. विजयचन्द्र आचार्य नियुक्त भएका छन्। अस्पताल सञ्चालक समितिको आइतबारको बैठकले डा. आचार्यलाई निर्देशकमा नियुक्त गरेको हो। समितिले निर्देशकमा खुला रुपमा दरखास्त आह्वान गरेको थियो। प्रतिस्पर्धामा आएकामध्ये कार्ययोजना र अन्तरवार्ताका आधारमा उत्कृष्ट रहेका डा. आचार्यलाई छनोट गरिएको हो। यसअघि अस्पतालको निर्देशकमा डा. चिनबहादुर पुन थिए। उनको कार्यकाल गत १८ गते सकिएको थियो।

प्रतिक्रिया दिनुहोस्