Logo

कांग्रेस नेताको पानी उध्योगमा पेट्रोल बम प्रहार

वैशाख २५, २०७४, ‘शिवपुरी ड्रिङ्किङ वाटर इन्डस्ट्री’मा अज्ञात समूहले सोमबार बिहान पेट्रोल बम प्रहार गरी क्षति पुर्‍याएको छ । कम्पनीका सञ्चालक रमेश महतका अनुसार माक्स लगाएर आएका पाँचजनाको समूहले कम्पनीका पालेलाई नियन्त्रणमा लिई अन्धाधुन्ध पेट्रोल बम प्रहार गरेको थिए । 

                  बम प्रहारबाट कम्पनीभित्र राखिएको बा६च ११७२ नंको कार पूर्ण क्षति पुगेको छ भने बा ५१ प ८५१३ नंको मोटरसाइकल पूर्ण क्षति भएको छ । त्यस्तै बा२६प ८५१३ को मोटरसाइकलमा आंशिक क्षति पुगेको छ । नेपाली कांग्रेसका नेता महतले निर्वाचनका समयमा राजनीतिक प्रतिशोध राखेर आफ्नो कम्पनीमाथि आक्रमण भएको आरोप लगाए । प्रहरीले उक्त कम्पनीमा भएको क्षतिको विवरण तथा आक्रमणकारीको खोजी अगाडि बढाएको छ ।

   रासस 

 

प्रतिक्रिया दिनुहोस्