Logo

गच्छदार सरकारमा, ५ बजे शपथ

वैशाख २५, २०७४- तीन मन्त्रालयसहित विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम सरकारमा सहभागी भएको छ । उसले संघीय मामिला तथा स्थानीय विकास, भूमिसुधार तथा व्यवस्था र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हाल्नेछ ।

           नेता रामजनम चौधरीका अनुसार फोरम अध्यक्ष विजयकुमार गच्छदारले उपप्रधान तथा स्थानीय विकास मन्त्रालय सम्हाल्नेछन् । दुई जना मन्त्रीको भने आजै टुंगो लगाउने उनले बताए । प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेको विरोधमा कमल थापा नेतृत्वको राप्रपा सरकारबाट बाहिरिएपछि तिनै मन्त्रालय हेर्ने गरी गच्छदारलाई सरकारमा ल्याइएको हो । राप्रपाले संघीय मामिला तथा स्थानीय विकास, भूमिसुधार तथा व्यवस्था र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, आपूर्ति मन्त्रालय सम्हालेको थियो । नवनियुक्त मन्त्रीको शपथ साँझ ५ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्