Logo

मनिषा कोइरालाको “डियर माया” बाट उत्साहजनक कमब्याक

दस्तावेज संवाददाता काठमाण्डौँ,लामो समदेखि वलिवूड फिल्मी करियरमा ब्रेक लागेकी नेपाली मुलकी नायिका मनिषा कोइरालाले  एक धमाकेदार फिल्म ” डियर मायाँ ” मा जवर्जस्त कमब्याक गरेकी छन । उनले एक संवेदनशिल बिषयमा बनेको फिल्मबाट कमब्याक गर्न लागेकी हुन् । मनिषाको मुख्य भूमिका रहेको फिल्म ‘डियर माया’को ट्रेलर हालसालै सार्वजनिक भएको छ ।  

 

हमेशा फिल्मी हिरोइनको रोलमा देखिने मनिषा कोइराला यस फिल्मको ट्रेलरमा एक बृद्द  पीडित महिलाको भूमिकामा देखिएकी छिन्  । मनिषाको नयाँ रोललाई दर्शकले निकै मन पराउने आशा गरिएको छ । सिमलामा हुर्किएका २ किशोरी र मायाँदेवीको कथालाई यो फिल्मले उठान गरेको छ  ।

 एक युवतीले मायाँदेवीको प्रेमी बनेर झुटो लभ लेटर लेखेपछि फिल्मको कहानी शुरु हुन्छ  । त्यही प्रेम पत्रबाट फिल्मको कथाबस्तु तयार गरिएको छ । मनिषा कोइरालाको यस नयाँ चरित्रलाई वलिवूड लगायत नेपालमा पनि अत्यन्त उत्साहकासाथ हेरिएको छ । स्मरण रहोस  पाठेघरको क्यान्सरपछि अभिनेत्री मनिषा कोइराला केही बर्षयता  बलिवूडबाट टाढा रहेकी थिइन्   । 

              

प्रतिक्रिया दिनुहोस्