Logo

चुनाव नजिकिदै गर्दा गोरखामा सकेट बम फेलापर्यो

२५ वैशाख, गोरखा । गोरखाको सुलिकोट गाउँपालिका-३ स्वाँराथलामा सकेट बम भेटिएको छ । स्वाँराथलाको जंगलमा ढुङ्गाको ओडारमुनि बोराभित्र खिया लागेको अवस्थामा बमहरु भेटिएकाे जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्र थापाले जानकारी दिए ।

                   सोमवार ओडारमुनी शंकास्पद बस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयले खबर गरेसँगै प्रहरी टोली त्यहाँ पुगेको हो । बम निष्क्रिय पार्न नेपाली सेनासँग समन्वय भइरहेको र नेपाली सेनाको टोली बम भेटिएको स्थानतर्फ गएको डिएसपी थापाले बताए । कति थान बम छ भन्ने बारे सेनाको टोली उक्त स्थानमा पुगेपछि मात्रै थाहा हुने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्