Logo

जेठ १५ मा कामचलाउ बजेट ल्याउन प्रमुख तीन दलको मौखिक सहमती

काठमाडौं, २५ बैशाख । नयाँ कार्यक्रम समावेश नगरी जेठ १५ मै कामचलाउ बजेट ल्याउन प्रमुख तीन दलबीच भएको छलफल सकारात्मक भएको नेताहरुले बताएका छन् । प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार भएको छलफलमा महाअभियोगका साथै बजेट, मतगणना र दोस्रो चरणको चुनावबारे कुराकानी भएको थियो ।

            नेताहरुका अनुसार जेठ १५ मै कामचलाउ बजेट ल्याउन तीन दल सहमति नजिक पुगेका छन् । तथापि विपक्षी दलका नेता ओलीले बजेट र दोस्रो चरणको चुनावबारे आफ्नो पूर्ववत् अडान राखेका छन् । एमालेले जेठ १५ मा बजेट ल्याउनु पर्ने र दोस्रो चरणको चुनाव बजेट अघि नै गर्नु पर्ने अडान राख्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्