Logo

कीर्तिमान कायम गर्ने सपना बोकेका ८६ वर्षीय आरोही मीनबहादुर शेरचनको निधन

दस्तावेज संवाददाता, काठमाडौं, २४, बैशाख । सबैभन्दा बढी उमेरमा सगरमाथाको आरोहण गरी कीर्तिमान कायम गर्न सगरमाथाको आधार शिविर पुगेका मीनबहादुर शेरचनको शनिबार निधन भएको छ । ७६ वर्षको उमेरमा सगरमाथाको आरोहण गरी कीर्तिमान कायम गरेका शेरचनको कीर्तिमान जापानका आरोहीले तोडेपछि फेरि नयाँ कीर्तिमान राख्न यसपटक त्यसतर्फ पुगेका थिए ।

                 शनिबार साँझ ५ बजेर १४ मिनेट जाँदा उनको हृदयघातबाट निधन भएको सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले आधार शिविरबाट जानकारी दिए । उनी अहिले ८६ वर्षका थिए । शेरचनको शवलाई आइतबार लुक्ला हुँदै राजधानी ल्याइने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्