Logo

बझाङमा ११५ एचआइभी संक्रिमत, महिलाको संख्या ज्यादा

 बझाङ, बझाङमा एचआइभी संक्रमितको संख्या एक सय १५ मध्ये महिलाको संख्या बढी देखिएको छ।जिल्लाका एक सय १५ एचआइभी सङ्क्रमितमध्ये ५७ पुरुष र ५८ महिला रहेको जिल्ला स्वासथ्य कार्यालयले जनाएको छ। एचआइभी काउन्सेलर अरुणा खड्काले त्यसमध्ये ९ सङ्क्रमितको मृत्यु भइसकेको जनाइन्।

                 सङ्क्रमित मध्ये तीन बालकलाई उनकै आमाबाट एचआइभी सरेको स्वास्थ्य कार्यालयले जनाएको छ। बालबालिका तथा महिलामा बढी एचआइभी सङ्क्रमण हुनुमा रोजगारीका लागि भारत गएका पुरुषले असुरक्षित यौन सम्पर्क राख्नु नै प्रमुख कारण रहेको जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताए। जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार संक्रमितमध्ये ५८ जनाले मात्र एआरटी सेवा लिएका छन्। बाँकीले संक्रमित उक्त सेवा लिन आएका छैनन्। पीडितहरुलाई समाजले चिनेपछि अपहेलित हुने डरले सेवा लिन नमानेको स्वास्थ्यकर्मीको भनाइ छ।

          रासस

प्रतिक्रिया दिनुहोस्