Logo

बलात्कार आरोपमा एमबीबीएसका बिध्यार्थी पक्राउ

पाल्पा, एक युवतीलाई  बलात्कार गरेको आरोपमा एमबीबीएस अध्ययनरत एक बिध्यार्थी पक्राउ परेका छन् । लुम्बिनी मेडिकल कलेज पाल्पामा अध्ययनरत २१ वर्षिय सरोज अधिकारी पक्राउ परेका छन् । उनी एमबीबीएस चौथो वर्षमा अध्ययनरत छन् । अधिकारी पाल्पा तानसेनकै स्थानीय हुन् । अधिकारीलाई शुक्रबार पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डि.एस.पी रमेश पंडितले बताए । एक १७ वर्षिय युवतीले अधिकारी विरुद्ध जाहेरी दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्