Logo

सभामुख ओनसरी घर्तीबाट सर्वोच्च अदालतले विशेषाधिकार हनन गरेको आरोप

वैशाख २४, २०७४, सभामुख ओनसरी घर्तीले संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव छलफलका लागि रोक लगाउँदै सर्वोच्च अदालतले विशेषाधिकार हनन गरेको आरोप लगाएकी छन् । जेठ ४ गतेसम्मका लागि संसद बैठक स्थगित गरेपछि संक्षिप्त पत्रकार सम्मेलन गर्दै घर्तीले राज्यका सबै अंगहरु आफ्नो सीमाभित्र बस्नुपर्ने बताइन् । ‘संविधानले सबै अंगको कार्य स्पष्ट गरेको छ,’ उनले भनिन्, ‘सबै संवैधानिक सीमाभित्र रहनुपर्छ भन्ने मेरो मान्यता हो ।’ राज्यका प्रमुख निकायबीच टकराव हुँदा लोकतन्त्रलाई संस्थागत गर्न र आसन्न निर्वाचनलाई असर पार्ने उनको भनाइ छ । ‘सबैले आत्मसमीक्षा, धैर्य र संयमयतापूर्वक निकास निकाल्नु पर्दछ,’ उनले भनेकी छन्, ‘आपसी वार्ता, छलफल र सम्वादमार्फत् ४ गते समस्या समाधान गर्न मैले जेठ ४ गतेसम्मका लागि संसद स्थगित गरेको छु ।’ लिखित मन्तव्य पढेपछि पत्रकारको एउटामात्रै जवाफ दिएर बाहिरिएकी सभामुखले ‘मुलुक गम्भीर परिस्थितिमा रहेकाले’ वार्ता मार्फत समाधान खोज्नुपर्नेमा जोड दिइन् ।

प्रतिक्रिया दिनुहोस्