७५ रुपैयाँ शुल्क लिने नाईले किने ३४ करोडको कार, मुकेश अम्बानी परे पछाडी
जर्मनीबाट मगाए मर्सिडिज मायबक एस ६००
बैंलोमा बस्ने रमेशले पछिल्लो महिना ३.२ करोडको मर्सिडिज मायबक एस ६००को मालिक बनेर सबैलाई चकित बनाएका छन् । यो कारको मुल्य भारतमा करिब ३.२ करोड छ । खास कुरा के छ भने यो कार अहिले सम्म भारतमा पाइदैन ।
बिजय माल्य पछि यी नाईसँग कार
तपाई यो कुरा जानेर हैरान हुनुहुन्छ कि यो कार अहिले सम्म भारतका बिजनेश म्यान विजय माल्याको साथमा मात्रै थियो । माल्या भारत छाडेर लन्डन गएर बसेका छन् । त्यसैले उनको त्यो कार सडकमा देखिन छाडेको छ । तर अब रमेश अहिले यो कारको मालिक नै बनीसके । खास कुरा त के छ भने भारतमा धेरै खर्ब पतिहरुछन् तर कार यी नाईसंग मात्रै छ । यी ती नाइ हुन भारु ७५ रुपैयाँमा मात्रै कपाल काट्छन् ।
१५०लग्जरी कारका मालिक
रमेश कारका मालिक बन्नु भन्दा पहिले करिब १५० कारका मालिक थिए । त्यो पनि सबै लग्जरी । रमेश कारका शौखिन पनि छन् । उनिसंग सबै भन्दा मंगो कार माध्ये एक रोल्स रोयल पनि छ । त्यस्तै ११ मसिडिज, १० बीएमडब्ल्यू, ३ आडी नि छ ।
कारबाट कमाई
७५ रुपैयाँ भारुमा कपाल काट्ने नाईको यति धेरै मंहगो कार किन्न सक्ने हैसियत कसरी राखे ? उनले किन्ने कार धेरै भन्दा धेरै कर्जामा लिन्छन । यसका लागि उनलाई रमेश टुर एन्ड टार्भलसमा प्रयोग गर्छन ।
सैलुनमा प्रति दिन पाँच घण्टा
आज जुन कामले उनि यो स्थानमा आए उनले त्यो कामलाई निरन्तरता दिएका छन् । उनले आफ्नो शैलुनमा प्रति दिन पाँच घन्टा काम गर्छन । त्यसमा उनले धेरै जनाका कपाल कटाएर नै बिताउछन । उनको शैलुनमा शहरका विभिन्न स्थानबाट कपाल बाट्नकै लागि धाएर आउछन् ।
यो कार किने पछि भए भारतमा चर्चित
रमेश बाबुलृ २०११मा रोल्स रोयल किने पछि चर्चामा आएका थिए । भारतको एक पत्रिकाले उनलाई पहिलो पृष्ठमा स्थान दिएको थियो । उनीसंग अहिले धेरै पुरस्कारहरु पनि छन् । उनले मा लेक्चर पनि दिएका छन्।
एजेन्सी