Logo

४० किलो सुनसहित प्रधिकरणका अधिकृतसहित दुई जना पक्राउ

काठमाडौँ,नेपाल नागरिक उड्डयन प्राधिकरणका आठौँ तहका अधिकृतसहित दुई जना ४० तोला सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार पक्राउ परेका छन् । कतार एअरवेजको विमान हुँदै कतारको दोहाबाट काठमाडौँ आइपुगेका यात्रु मनिष रिमाल विमानस्थलबाट ओर्लिएलगत्तै प्राधिकरणका अधिकृत किशोरकुमार खत्रीले रिमालको सो सुन आफ्नो साथमा लिएका थिए । विमानस्थल भन्सारका प्रमुख नारायण सापकोटाले शंकास्पद गतिविधि देखिएपछि भन्सारका कर्मचारीले खत्रीलाई निगरानीमा राखी यात्रु जाँच कक्षमा पुगेपछि नियन्त्रणमा लिएको जानकारी दिए । विमानस्थलकै कर्मचारी भएकाले जाँच नहुने र सहजै सुन बाहिर निकाल्ने दाउमा खत्री रहेका थिए । सापकोटाले भने, “विमानस्थलको टावरमा ड्युटी रहेका खत्री विमानबाट यात्रु ओर्लिने ठाउँमा जानुले नै उनको गतिविधिमा शंका उत्पन्न भएको थियो । ” चार वर्षपछि कतारबाट आएका रिमालले १०/१० तोलाको चार वटा बिस्कुट आकारमा सो सुन ल्याएका थिए । पक्राउ दुवै जनालाई थुनामा राखी अनुसन्धान भइरहेको छ । उनले भने, “आज बयान लिन भ्याइएन, आइतबार विस्तृत रुपमा बयान लिन्छौँ ।” खत्रीका साथमा विमानस्थलको सबै ठाउँमा जान मिल्नेगरी जारी गरिएको कार्ड भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्