Logo

पाकिस्तानका हिन्दु सम्पदाहरू पुस्तकमा

वैशाख २३, २०७४- पाकिस्तानलाई मुस्लिम मुलुक भनिन्छ । त्यहाँ हिन्दु धर्मावलम्बी र सम्पदा पनि निकै छन्, तर त्यसबारे धेरैलाई कमै थाहा छ । त्यो अवस्था अब नरहला ।

                ‘पाकिस्तानका हिन्दु धार्मिक सम्पदाहरू’ पुस्तक पाठकमाझ आएको छ । नेपालस्थित पाकिस्तानी दूतावासद्वारा राजधानीमा शुक्रबार आयोजित समारोहमा राप्रपा अध्यक्ष कमल थापा, विश्व हिन्दु महासंघ नेपालका अध्यक्ष भरतकेशर सिंह, विश्व हिन्दु महासंघ नेपालकै पूर्वअध्यक्ष हेमबहादुर खत्री, पाकिस्तानी दुतावासका कार्यबाहक राजदूत जावेद अहमद उमरानीलगायतले सार्वजनिक गरे । वक्ताहरूले पाकिस्तानको यो पहलको प्रशंसा गरेका थिए । 

                     डा. सफर अली शाह र सइद जावेद ए. काजीबाट लिखित उक्त पुस्तक राजन कार्कीले नेपालीमा अनुवाद गरेका हुन् । पाकिस्तानलाई जनसंख्याको हिसाबले सातौं बढी हिन्दु जनसंख्या भएको मुलुकका रूपमा लिइन्छ । 

 

प्रतिक्रिया दिनुहोस्