Logo

कानुन व्यवसायीहरु सडकमा

वैशाख २३, २०७४- प्रधानन्यायाधीश सुशीला कार्कीलाई काममा फर्काउन सर्वोच्च अदालतले दिएको आदेशको समर्थन गर्दै केही कानुन व्यवसायीहरु सडकमा ओर्लिएका छन् । न्यायलय बचाउ अभियान नाम दिएर उनीहरुले शनिबार बिहान काठमाडौं माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् ।

               आदेश स्वागतयोग्य भन्दै उनीहरुले प्रधानन्यायाधीश कार्कीलाई प्रतिशोधपूर्ण तरिकाले महाअभियोग लगाइएको आरोपसमेत लगाए । अदालतको आदेशले संसदको अधिकारलाई चुनौती नदिएको दाबी गर्दै उनीहरुले स‌ंविधान र कानुनको अन्तिम व्याख्याता अदालत नै भनेर संविधानमा स्पष्ट पारिसकेको उल्लेख गरे । विरोध प्रदर्शनमा अधिवक्ता श्रीहरि अर्याल, सुनीलरञ्जन सिंह, दिनेश त्रिपाठी लगायत सहभागी थिए ।   

             प्रधानन्यायाधीशमाथिको महाभियोगविरुद्ध सर्वोच्चमा परेको रिटमा शुक्रबार न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले महाअभियोग अगाडि नबढाउन र प्रधानन्यायाधीशलाई काममा फर्काउन अन्तरिम आदेश दिएको थियो । प्रधानन्याधीश सुशीला कार्की संविधान, कानुन उल्ल‌ंघन गर्दै मनोमानी ढंगले अगाडि बढ्न खोजेको भन्दै गत आइतबार सत्तारुढ कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले संसद्‌मा महाभियोग प्रस्ताव दर्ता गरेका थिए । 

                कान्तिपुर

प्रतिक्रिया दिनुहोस्