Logo

आन्तरिक घुमफिर वर्ष २०७३, १० लाख नेपालीले गरे स्वदेशको भ्रमण

काठमाडौं, २२,बैशाख,नेपालीहरुमा भ्रमणको संस्कार विस्तार र आन्तरिक पर्यटन स्थलहरुको प्रचार प्रसारका लागि नेपाल पर्यटन बोर्डले वर्ष २०७३ लाई आन्तरिक घुमफिर वर्षको रुपमा मनाएको छ । आन्तरिक घुमफिर वर्ष मनाउने क्रममा गत वर्ष करिब १० लाख नेपालीहरुले नेपालका विभिन्न प्राकृतिक तथा धार्मिक पर्यटक स्थलहरुमा भ्रमण गरेको नेपाल पर्यटन बोर्ड संचालक समितिका सदस्य दिपक सापकोटाले जानकारी दिएका छन् ।

                   व्यस्त जीवनशैली र धेरै कामको चाप बोकेर दैनिक गुजारा गर्दै आइरहेका नेपालीहरुको जीवनमा भ्रमणको खासै बानी नभएको अवस्थामा नेपाल पर्यटन बोर्डले पर्यटक र पर्यटन व्यवसायीलाई लाभ हुने किसिमले आन्तिरिक पर्यटक वर्षको योजना ल्याएको थियो । तर प्रचार प्रसारको कमि र आम नेपाली र नेपाल सरकारको सहयोगको अभावका कारण आशा गरे बमोजिम नतिजा नआएको सापकोटाको भनाइ छ । आन्तरिक पर्यटकहरुको प्रमुख गन्तव्य स्थलहरुमा प्राकृतिक तर्फ विशेष गरि रारा ताल, खप्तड राष्ट्रिय निकुञ्ज, पोखरा र चितवन रहेका थिए भने धार्मिक तर्फ पाँचथर जिल्लाको पाथिभरा मन्दिर र गौतमबुद्ध जन्मस्थल लुिम्बनी रहेको विभागले जानकारी दिएको छ ।

                      चालु वर्षका लागि कुनै कार्यक्रम घोषणा नगरिएको भएपनि चितवन जिल्लामा पर्यटक वृद्धिको लक्ष्य रहेको विभागले जानकारी दिएको छ । मुग्लिन नारायणगण सडक विस्तारका कारण चितवनको पर्यटन व्यवसाय मारमा परेको भन्दै यो वर्षको विशेष चिन्ताको विषय चितवनको पर्यटन व्यवसाय बनेको र व्यवसायलाई घाटामा जान नदिनका निम्ति पर्यटकहरुलाई विशेष प्याकेज र सौहलीयतको व्यवस्था दिलाउन त्यहाँका व्यवसायीलाई आग्रह गरेको सापकोटाले बताएका छन  । यस वर्षपनि विदेशी र आन्तरिक पर्यटकको वृद्धिका लागि नेपाल पर्यटन बोर्डले थप नयाँ योजनाहरुको सम्बन्धमा छलफल भइरहेको संचालक समिति सदस्य सापकोटाले बताएका छन् ।

 
 
 
प्रतिक्रिया दिनुहोस्