Logo

आर्थिक पत्रकारहरुलाई ७ लाख ५० हजार बीमांकको निःशुल्क जीवन बीमा

काठमाडौं, वैशाख २२, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापनाको १७औं वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल आर्थिक पत्रकार समाज (सेजन)मा आवद्ध कुल २५४ जना आर्थिक पत्रकारहरुलाई जनही २ लाख ५० हजार बीमांक रहेको स्मार्ट जीवन बीमा निःशुल्क प्रदान गरेको छ । उक्त बीमा लेखमा २ लाख ५० हजार बराबरको दुर्घटना बीमा तथा २ लाख ५० हजार बराबरको पूर्ण अशक्तता बीमाको सुविधा सहित जनही ७ लाख ५० हजार बीमांक बराबर एक वर्षका लागि जोखिम बहन गरेको छ । कम्पनीले एक कार्यक्रमका बीच बिहीबार उक्त रकम बराबरको जीवन बीमा नेपाल आर्थिक पत्रकार समाजका अध्यक्ष गोकर्ण अवस्थीमार्फत आर्थिक पत्रकार समाजलाई प्रदान गरेको छ ।
              अग्रणी कम्पनीको नाताले मुलुकमा बीमा जागरणको सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले आर्थिक पत्रकारहरुको जीवन बीमा गरेको हो । कम्पनीले ‘स्मार्ट रहनुस्, जिम्मेवार बन्नुहोस्’ भन्ने मूल नारा रहेको ‘स्मार्ट जीवन बीमा’ योजनाले हरेक तह र तप्काका व्यक्तिाई जीवन बीमामा समेट्ने गरी १० रुपैँयामा १० लाखको जीवन बीमा गराउन सक्ने भएकले जीवन बीमाको दायरा विस्तार समेत हुने अपेक्षा गरेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्