Logo

डेभलपमेन्ट बैंकर्स एसोसिएसनमा आज नयाँ नेतृत्व चयन हुने

काठमाडौ, २२ बैशाख । डेभलपमेन्ट बैंकर्स एसोसिएसनको एघारौ वार्षिक साधारण सभा आजदेखि राजधानीमा सुरु भएको छ । सभाको नेपाल राष्ट्र बैंक गभर्नर डाक्टर चिरंजीवि नेपालले उद्घाटन गरेका थिए । साधारण सभाले आजै एसोसिएसनको आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्ने छ । सर्वसम्मत नेतृत्व चयनका लागि आवश्यक गृहकार्य भइरहेको र सर्वसम्मत हुन नसके निर्वाचनबाट आजै नयाँ कार्यसमिति चयन गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्