Logo

लक्ष्मी बैंकको मुनाफा ५६ करोड

काठमाडौं, २१ बैशाख । एभरेष्ट बैंकसँग मर्जरको हल्ला चलेको लक्ष्मी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म ५६ करोड ९२ लाख रुपियाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । यो गत आवको सोही अवधिको तुलनामा २८ प्रतिशतले बढी हो । १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गरिरहेको सो बैंकको हाल चुक्ता पुँजी ३ अर्ब १५ करोड ९० लाख रुपियाँ रहेको छ भने हकप्रद पश्चात बैंकको चुक्ता पुँजी ६ अर्ब ३१ करोड रुपियाँ पुग्नेछ । बैंकको रिजर्भमा अहिले ४ अर्ब ३२ करोड ९८ लाख रुपियाँ रहेको छ । बैंकले चालु आवको चैत्र मसान्तसम्म ५७ अर्ब ८० करोड रुपियाँ निक्षेप परिचालन गरी ५० अर्ब २१ करोड रुपियाँ ऋण लगानी गरेको छ । बैंकको खराब कर्जा १.७९ प्रतिशत रहेको छ । बैंकको इक्वटीमा प्रतिफल १०.७२ प्रतिशत र बैंकको प्रति कित्ता शेयर २४.०२ रुपियाँ रहेको छ । बैंकको पीइ रेसियो १९.९८ र नेटवर्थ २३७ रुपियाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्