Logo

प्राइम बैंकको नाफा ८८ करोड

काठमाडौं, २२ बैशाख । कन्ट्री डेभलपमेन्ट बैंक र विराटलक्ष्मी डेभलपमेन्ट बैंकलाई आफूमा गाभेको प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म ८८ करोड २९ लाख रुपियाँ खुद मुनाफा आर्जन गरेको छ । यो गत वर्षको सोही अवधिको भन्दा २४ प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिमा बैंकको खुद नाफा ७० करोड ९५ लाख १३ हजार रुपैयाँ थियो । यो त्रैमासमा बैंकले १३ करोड ३८ लाख रुपैयाँ राइट ब्याक गरेको छ भने सम्भावित जोखिमका लागि २४ करोड ४६ लाख ७६ हजार रुपैयाँ छुट्याएको छ । प्राइमले तेस्रो त्रैमाससम्ममा निक्षेप संकलन २१ प्रतिशतले बढाएर ५६ अर्ब १० करोड रुपैयाँ पुर्याएको छ भने कर्जा लगानी पनि ३१ प्रतिशतले कर्जा लगानी ४८ अर्ब ६१ करोड १४ लाख ८२ हजार रुपैयाँ पुर्याएको छ ।
                   प्राइमको खराब कर्जा १.३७५, कस्ट अफ फन्ड ४.९८५ र चुक्ता पुँजी ५ अर्ब ७९ करोड २५ लाख ६० हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा प्राइमको चुक्ता पुँजी ३ अर्ब ७० करोड ५२ लाख ६२ हजार रुपैयाँ थियो । दुई बैंकलाई गाभेपछि बैंकको चुक्ता पुँजी ६ अर्ब ३२ करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ । बैंकको रिजर्भ कोषमा १ अर्ब ९१ करोड ४ लाख ३८ हजार रुपैयाँ जम्मा भएको छ । बैंकको प्रतिसेयर आम्दानी २०.३२ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १३२.९८ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्