Logo

भाटा प्रहारबाट बृद्ध मुसहरको मृत्यु

भाटा प्रहारबाट बृद्ध मुसहरको मृत्युसंजय मिश्रा
रौतहट, ३१ चैत्र – रौतहटको देवाही गोनाही गाँउपालिका कर्कच कर्मैया गाँउमा गएराती भएको दुईपक्षिय झडपमा गरीएको बाँसको भाटा प्रहार बाट एकजना बृद्ध मुसहरको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ५५ बर्षिय लक्षुमण माझी रहेको प्रहरीले जनाएको छ ।

मदिरा शेवनगरी बुधवार राती साढे १० बजे मुसहरहरु बिच दुईपक्षिय झडप भएको थियो । झडपमा भाटा प्रहार बाट लक्षुमण माझीको टाउकोमा गम्भिर चोट लागेको थियो ।

माझीलाई उपचारको लागी गरुडा अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरिक्षक केशव रेग्मीले बताएका छन । घटनामा संलग्न रहेका स्थानिय बिक्रम माझी, कटहरीया गाँउपालिका ७ बगहीटोलका ब्रहमदेव माझी र छोरा रम्भु माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अत्यधिक मदिरा शेवनका कारण सामान्य बिषयमा दुईपक्ष बिच भनाभन हुदै झडप भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको तथा घटना बारे थप अनुसंधान भईरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्