Logo

गृहमन्त्री निधिबाट राजिनामा

 

वैशाख १७, २०७४- उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले प्रधानन्यायाधीश सुशीला कार्की बिरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावमा असन्तुष्टी जनाउँदै पदबाट राजिनामा दिएका छन् । उनले आफुलाई प्रधानमन्यायाधीश सुशीला कार्की बिरुद्धको महाअभियोग बारे कुनै जानकारी नदिइएका कारण नैतिक रुपमा पदमा बसिरहनु उपयुक्त नदेखेर राजिनामा दिएको बताए । उनले आफु पार्टी सभापति शेरबहादुर देउवासंग आइतवार पनि विहानैदेखि पटक पटक संविधान संशोधनलगायतका बिषयमा संवादमा रहेपनि महाअभियोगकका बारेमा भने एक शब्द नबताएको उल्लेख गरे । ‘महाअभियोगको बिषय मेरै कार्यक्षेत्र (आइजीपी प्रकरण) भित्र परेको छ । तर, सभापतिजीले यस विषयमा मस‌ंग एक शब्द बताउनु भएन’ उनले कान्तिपुरसंग भने, ‘यस अवस्थामा म नैतिक रुपले पदमा बसिरहन मिल्दैन र म महाअभियोगको पक्षमा छैन ।’

प्रतिक्रिया दिनुहोस्