Logo

प्रधानन्यायाधीश माथिको महाअभियोग लोकतन्त्रकै उपहास : साझा पार्टी

वैशाख १७, २०७४- प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र आवद्ध सांसदहरुबाट संसदमा महाअभियोग प्रस्ताव दर्ता गरिनु लोकतन्त्रकै उपहास भएको साझा पार्टीले प्रेस विज्ञप्ती जारी गर्दै बताएको छ ।
                    विज्ञप्तीमा लेखिएको छ, ‘न्यायालयको स्वतन्त्रता लोकतन्त्रिक पद्धतिको आधारशिला हो। न्यायालयको स्वतन्त्रतामाथि प्रहार गरी प्रतिशोधात्मकरुपमा महाअभियोग लगाउनु लोकतन्त्र, संविधानवाद, विधिको शासन, शक्ति पृथकिकरण र नागरिक अधिकारलाई नै खतरामा पार्नु हो।’ साझा पार्टीले जारी गरेको विज्ञप्ती अनुसार निहित स्वार्थ पूर्तिका लागि महाअभियोगसम्बन्धी संवैधानिक व्यवस्थाको दुरुपयोग गरिनु दुर्भाग्यपूर्ण घटना हो । ‘लोकतन्त्रका आधारशीलाहरु भत्काउने कार्यले अन्ततः देशलाई प्रतिगमनको दिशामा डोर्‍याउने छ।’ साझा पार्टीले न्यायापालिकाको स्वतन्त्रता र गरिमालाई अक्षुण राख्न महाअभियोगको प्रस्ताव तत्काल फिर्ता लिन आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस्