Logo

कमल थापाले भने, ”महाअभियोग आपत्तिजनक र दुर्भाग्यपूर्ण”

दस्तावेज संवाददाता,वैशाख १७, २०७४- उपप्रधान एवं स्थानीय विकास मन्त्री कमल थापाले सत्तारुढ कांग्रेस र माओवादीले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग लगाएकोमा असन्तुष्टि जनाएका छन् ।

                  महाअभियोग दर्ता भए लगत्तै ट्विट गर्दै थापाले प्रधानन्यायाधीश विरुद्धको महाअभियोग आपत्तिजनक र दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरिन् । ‘प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध कांग्रेस/माओवादीले महाअभियोग दर्ता गर्नु आपत्तिजनक र दुर्भाग्यपूर्ण हो ‘, उनले लेखेका छन्, ‘न्यायिक स्वतन्त्रतामाथि गम्भीर आक्रमण ।’

प्रतिक्रिया दिनुहोस्