Logo

प्रहरीद्वारा ११६ बोतल सिक्किमे रम नष्ट

 

रविन्द्र काफ्ले
पाँचथर, चैत ३१– पाँचथरमा अवैध सिक्किमे रम भित्रिने गरेको पाइएको छ । भारतको सिक्किम प्रान्तमा मात्र विक्रीवितरण गर्न मिल्ने उक्त रम पाँचथरका सीमावर्ती गाविसहरुबाट नेपाल भित्रने गरेको पाइएको हो ।
पाँचथर प्रहरीले झण्डै ७५ हजार मूल्य पर्ने १ सय १६ बोतल सिक्किम रम बरामदपछि नष्ट गरेको छ । प्रहरी चौकी फलैँचा र प्राङबुङले बरामद उक्त रम स्थानीय प्रशासन, पाँचथर उद्योग वाणिज्य संघ लगायत सरोकारवालाहरुको उपस्थितिमा नष्ट गरेको हो ।
प्रहरीका अनुसार जिल्लाका सीमावर्ती साविकका च्याङथापू, फलैँचा, मेमेङ, प्राङबुङ, लुङरुपा गाविसबाट सिक्किमे रम भित्रने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्