Logo

तसलिमा नसरिनबाट दामोदरको धर्मको ह्याङओभर लोकार्पण

               काठमाडौं, चैत्र ९ गते, २०७३

प्रसिद्ध लेखिका तसलिमा नसरिनले बरिष्ठ साहित्यकार दामोदर पुडासैनी ‘किशोर ‘ को दर्शन बिधाको कृति धर्मको ह्याङओभर एक भव्य समारोहका वीच लोकार्पण गर्नु भएको छ ।
              काठमाडौंको अन्नपूर्ण होटलमा कडा सुरक्षाका बीच वसेकी अन्तराष्ट्रिय ख्यातिप्राप्त लेखिका तसलिमाले समाजमा रहेका बिकृति बिसंगतिहरुको बिरुद्ध डटेर लेख्न लेखक निर्भिकतापूर्वक लाग्नुपर्ने बताउनु भयो । उहाँले शक्तिको आडमा खराब काम गर्ने बिरुद्ध लेख्नु लेखकको मूख्य धर्म हो, समाजको हितको लागि जस्तोसुकै जोखिम मोल्न पनि लेखक डराउनु हुंदैन भन्नु भयो ।
              उहाँले नेपाली साहित्य लेखनमा बरिष्ठ साहित्यका दामोदर पुडासैनी ‘किशोर’ को विशेष स्थान रहेको र उहांजस्ता लेखकको धर्मको ह्याङओभरु जस्तो कृतिले धर्मको आधारमा समाजमा विद्यमान बिकृति हटाउन असाध्यै राम्रो भूमिका खेल्ने कुरा बताउनु भयो । यस कृतिमा पुडासैनीले निर्भिकतापूर्वक, तथ्य र प्रमाणका आधारमा धार्मिक बिकृृतिका उजागर गर्नु भएको कुरा उहाँले बताउनु भयो । नेपालमा अहिलेसम्म पनि पशु बली दिने, महिलाहरुलाई मन्दिरमा चढाउने, छाउपडीको नाममा महिलालाई शोषण गर्ने, दाइजो प्रथा जस्ता कुरितीहरु प्रचलनमा रहनु दुःखको कुरा हो, त्यस्ता कुरिती नहटाएसम्म समाज सुधार हुन सक्तैन । पुडासैनीको धर्मको ह्याङओभर धार्मिक पाखण्डीहरु बिरुद्ध दह्रिलो हतियार भएकोले यो कृति गाउँ गाउँसम्म पुर्याउन जरुरी छ भन्नु भयो । नेपालमा पहिलो पटक नेपाली लेखकको कृति आफ्नो हातवाट लोकार्पण गर्न पाउनु खुशीको कुरा हो भन्ने पनि उहांले सो अवसरमा बताउनु भयो ।
               सो अवसरमा धर्मको ह्याङओभरु का लेखक दामोदर पुडासैनी किशोरले आफुले धर्मको नभै धार्मिक बिकृतिहरुको बिरोध गरेको र धर्मको नाममा जोडिएका अँध्यारा पक्षहरु मेट्न यस्तो कृति लेखेको कुरा बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्