Logo

‘आमा’को भिडियो सार्वजनिक

वैशाख १३, २०७४- आमाको मुख हेर्ने दिनको अवसर पारेर बुधबार ‘आमा’ गीतको भिडियो सार्वजनिक गरिएको छ । 

          आफ्नो सन्तानको खुसीका लागि आफ्नो सबै खुसी त्याग्न सक्ने आमाप्रतिको भक्ति, सम्मान र आदरको भाव समेटिएको ‘आमा’ गीतको भिडियो रिलिज गरिएको हो । सागर ज्ञवालीको शब्द, गायक स्वरुपराज आचार्यको गीतमा गैरे सुरेशको कम्पोज र सचिन सिंहको एरेन्ज रहेको छ । उक्त भिडियोमा अरुणा कार्की, पत्रकार तथा कलाकार भोला तिमल्सिना, अमृता खनाल र बाल कलाकार रिदम सुवेदीको जोडदार अभिनय रहेको छ ।  

प्रतिक्रिया दिनुहोस्