Logo

शंकर निर्देशको संयोजकमा राष्ट्रिय अनलाईन पत्रकार संघ ( नोजा ) चितवन शाखा गठन

चितवन ,१३ वैशाख ,मातालाई सेवा गर्नु नै सन्तानको सबैभन्दा ठूलो धर्म भएको महिला तथा बालबालिका कार्यालय चितवनकी महिला विकास अधिकृत शान्ता कुमारी पौडेलले बताउनुभएको छ । बुधबार परेको मातातिर्थ औसीको अवसरमा राष्ट्रिय अनलाईन पत्रकार  संघ ( नोजा ), चितवन र मानव कल्याण केन्द्रले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा महिला तथा बालबालिका कार्यालय चितवनकी महिला विकास अधिकृत पौडेलले यस्तो बताउनुभएको हो । माताहरुप्रति सच्चा सम्मान गर्न सक्नु नै छोराछोरीहरुको मुख्य धर्म भएकोमा पौडेलको जोड रहेको थियो । सो क्रममा उहाले देश तथा विदेशमा रहनुहुने सम्पूर्ण माताहरुप्रति आफ्नो सदैव सम्मान रहेको बताउदै सम्पूर्ण माताहरुलाई शुभकामना व्यक्त गर्नुभएको छ । ” माताहरुलाई दिनुपर्ने सम्मान कस्तो हुनुपर्ला ” भन्ने विषयमा नोजा चितवन र मानव कल्याण केन्द्रले संयुक्त रुपमा आयोजना गरेको अन्तरक्रिया एवम् सम्मान कार्यक्रम २०७४ मा बोल्ने अधिकांश वक्ताहरुले माताको आर्शिवाद नै सबैभन्दा ठूलो वरदान हुने कुरामा जोड दिएका थिए । नोजा चितवन र मानव कल्याण केन्द्रले सोहि कार्यक्रमका बिच विभिन्न २ जना माताहरुलाई दोसल्ला ओढाएर सम्मान समेत व्यक्त गरेको थियो । सम्मानित हुनेमा ७५ वर्षिय कलावती पौडेल र ६७ वर्षिय सरस्वती देवी पौडेल रहनुभएको छ । कार्यक्रममा वरिष्ठ समाजसेवी चण्डी प्रसाद पाठक, दशनामी समाज चितवनका उपाध्यक्ष जीवलाल पुरी निर्जरा, संवाद मञ्च चितवनका संयोजक प्रेम प्रसाद गैरे, बाह्मण समाज चितवनका वडा नम्बर ९ अध्यक्ष विष्णु काफ्ले, नोजा चितवनकी सदस्य दिलकुमारी नेपाल लगायतले समेत बोलेका थिए । नोजा चितवनका संयोजक एवम् कार्यक्रम संयोजक शंकर निर्देशले संचालन गर्नुभएको सो कार्यक्रम मानव कल्याण केन्द्रकी अध्यक्ष माया पाठकको अध्यक्षतामा भएको थियो । यसअघि, बुधबार नै राष्ट्रिय अनलाईन पत्रकार  संघ ( नोजा ) को चितवन शाखा पनि गठन गरिएको छ । विभिन्न अनलाईन संचारमाध्यमहरुमा क्रियाशील चितवनका श्रमजिवी पत्रकारहरुको बैठकले बुधबार नोजाको चितवन शाखा गठन गरेको हो । नोजा चितवनको संयोजकमा चितवनमा रहेर सक्रिय पत्रकारिता गर्ने शंकर निर्देश रहनुभएको छ । निर्देशको संयोजकत्वमा हाल भने ७ सदस्यीय तदर्थ समिति मात्रै गठन गरिएको हो । तदर्थ समितिको सदस्यहरुमा दिलकुमारी नेपाल, सबिता दराई, पुनम गौतम, माया कडेल, सम्झना लामीछाने र सरु दवाडी रहनुभएको छ ।

बुधबार, बैशाख १३, २०७४ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्