Logo

जे सागरको “यति भए पुग्छ” चाँडै वजारमा

दस्तावेज संवाददाता युएई,१३ बैसाख जगत लुईटेल/युएई साहित्यकार एवं पत्रकार जे.सागर मुग्लानमा निक्कै चर्चित नाम हो । रोजगारीको शिलसिलामा युएईमा रहदै आएका जे सागरका साहित्यिक प्रसतुतिहरु ले रेगिस्थानका मन्चहरु मा राम्रो छाप राख्ने गरेको छ । तिमी छौ, भन्ने भान; कहिले हुन्छ सरकार ? खाडी ऊड्ने रित्तो उडान;कहिले हुन्छ सरकार ?पछिल्लो समय चर्चामा रहेको यो गजलका गजलकार जे सागरको गजल सग्रह “यति भए पुग्छ” चाडै गजल पारखीहरु माझ आउँदैछ।

              बुलबुल पव्लिकेशनबाट प्रकासन हुँदै गरेको यस नवकृतिका प्रकासन सहयोगी युरोज खड्का रहेका छन। ७४ ओटा गजल रहेको यस कृतिको विमोचन यही बैशाक २३ गते हुदैछ। यति भए पुग्छ” जे सागरको पहिलो कृति भने होईन, यस अघि प्रवासका अक्षरहरु प्रमुख संयोजक, हैसियत संयुक्त गजल संग्रह र कोसेली संयुक्त मुक्तक संग्रह प्रकासन भई सकेका छन्। प्रवासमा रहेर पनि नेपाली साहित्यलाई माया गरिरहने जे सागर ईनास नेपाली भाषा तथा साहित्य विकास एवं प्रवर्द्धन ग्लोबल समिति, ईनास युएई,एन.आर.एन.ए.युएई, सिन्धुपाल्चोक सेवा समाज युएई र सृजना वाचन डवली युएई जस्ता साहित्यिक र सामाजिक संस्थामा आबद्ध छन। सिन्धुपाल्चोकमा जन्मेका जे.सागर हाल काठमाडौंका बासिन्दा हुन्, उनको कलम गजल,कविता,मुक्तकमा मात्र सीमित छैन समसामयिक ब्लग लेखन र पत्रकारिता सम्म चल्ने गर्छ। “यति भए पुग्छ” नव कृति लाई अग्रिम शुभकामना ।

प्रतिक्रिया दिनुहोस्