Logo

बेलायती संसदमा ‘भाग्यले बाँचेकाहरु’

वैशाख १२, २०७४- दुई वर्षअघि आजकै दिन (अप्रिल २५) नेपाल महाभूकम्पको चपेटामा पर्‍यो । ७.८ म्याग्नेच्यूडको भूकम्पले करिब ९ हजार मारिए भने झण्डै २४ हजार घाइते भए । ५ लाख बढी भवन क्षतिग्रस्त भएको अनुमान छ ।

             उक्त प्राकृतिक विध्वंशमा चमत्कारिक रुपमा बाँचेका ९ जनाको कथा समेटेर तयार पारिएको वृत्तचित्र पहिलो पटक लन्डनमा प्रदर्शन भएको छ, त्यो पनि बेलायती संसद भवनभित्र । निर्देशक गणेश पाण्डे संसद भवनभित्र आफ्नो वृत्तचित्रबारे बेलिविस्तार लगाउँदा सपना झैं ठानिरहेका थिए । ‘बेलायतको संसद भवनमा मेरो वृत्तचित्र देखाइएला भन्ने त कल्पना पनि थिएन’, पाण्डेले भने, ‘यस्तो ऐतिहासिक अवसर दिलाइदिने एसएनपी सांसद स्टेफेन गेथिन्स् र आयोजकप्रति आभारी छु ।’

              साभार कान्तिपुर

प्रतिक्रिया दिनुहोस्