Logo

डीआईजी सिलवालमाथि तत्काल कारबाही नगर्न सर्वोच्चको आदेश

वैशाख १२, २०७४- सर्वोच्च अदालतले प्रहरी नायव महानिरीक्षक (डीआईजी) नवराज सिलवालमाथि तत्कालका लागि कुनै पनि कारबाही नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

        न्यायाधीशहरु जगदीश शर्मा पौडेल, ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीको पूर्ण इजलाशले सिलवालमाथि छानबिनका क्रममा स्पष्टीकरण सोध्ने, बयान लिने, पक्राउ गर्ने लगायतका कुनै पनि कार्य नगर्न अन्तरकालीन आदेश जारी गरेको हो ।  सिलवालले दर्ता गरेको अर्को रिटमाथि १९ गते सुनुवाई हुनेछ ।

           डीआईजी सिलवाललाई कार्यसम्पादन मूल्यांकन फारमको प्रतिलिपि अदालतमा पेस गरेको बारे सोधपुछ गर्न सोमबार बिहान नेपाल प्रहरीकै एक टोलीले नियन्त्रणमा लिएको थियो । त्यसपछि उनका तर्फबाट कानुन व्यवसायीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए । रिटमा सुनुवाई गर्दै अदालतले कानुन व्यवसायी शम्भु थापाको जमानी र सर्वोच्चका रजिष्टारको रोहबरमा सिलवाललाई तत्काल रिहा गर्न आदेश दिएको थियो । त्यसपछि सिलवाललाई प्रहरीले बीएण्डबी अस्पतालमा उपचारका लागि भर्ना गरेकाे थियो ।

 एजेन्सी

प्रतिक्रिया दिनुहोस्