Logo

कमला नदीमा गोली चल्यो : एक गम्भिर घाइते

अमरेन्द्र यादव

जनकपुरधाम,  ३१ चैत – धनुषा र सिराहा जिल्लाको सीमामा रहेको कमला नदीमा बुधबार राती करिब साढे ९ बजेको समयमा स्थानीय श्यामबाबु यादवमाथि गोली प्रहार भएको छ ।

भारतीय सीमावर्ती बजार जयनगरबाट फर्किने क्रममा कमला नदी पार गरिरहेको बेला नदीको बीचमा पछाडीबाट यादवमाथि गोली प्रहार गरिएको प्रहरीले जनाएको छ ।

घाईते यादवको हातमा गोली लागेको छ । उपचारका लागि उनलाई धरान लगिएको धनुषाका प्रहरी उपरिक्षक लालमणी आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार घटनाबारे थप विवरण आउँन बाँकी रहेको बताउँदै थप अनुसन्धान भईरहेको जनकारी दिए ।

प्रतिक्रिया दिनुहोस्