Logo

छन्द दिवस मनाइयाे

देशका विभिन्न भागमा विविध कार्यक्रमका साथ छन्द दिवस मनाइयाे।
पाेखरेली स्रष्टा महाकाव्यकार माधव वियाेगीद्वारा राष्ट्रव्यापी अान्दाेलनका रूपमा  सन्चालित “छन्द बचाऊँ अभियान ,२०५३” अारम्भ भएकाे दिन वैशाख ८ गतेलाई नेपाल सरकार,पन्चाङ्ग निर्णायक समितिले २०६७ सालमा छन्द दिवसकाे मान्यता दिएकाे थियाे ।त्यसपछि  छन्ददिवस मनाउने क्रम व्यापक बनेकाे हाे । त्यस अघि वियाेगीले अाफ्नै प्रयत्नमा छन्ददिवस मनाउँदै अाएका थिए ।
             “छन्द बचाऊँ अभियान ,२०५३” का  सन्चालक एवं महाकाव्यकार माधव वियाेगीले  प्रेस विज्ञप्ति मार्फत  काव्य संस्कृतिकाे रक्षा गर्न, छन्दलाई एकादेशकाे कथा हुन नदिन, गद्यलाई कविता मान्ने परम्पराकाे अन्त्य  गर्न र शिष्ट एवं नैतिक तबरले कविता सिर्जना गर्नका निम्ति सबैलाई सचेत पार्न अाफूले अभियान संचालन गरेकाे जनाएका छन्।अभियान अन्तर्गत रही अाफूले ६ हजारभन्दा बढी जनालाई छन्द प्रशिक्षण दिएकाे तथा अाफ्नाे निवासलाई छन्द प्रशिक्षण केन्द्र बनाएकाे पनि उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।  काव्य संस्कृतिको रक्षार्थ सचेत रहन सबैमा अपील  गर्दै उनले सबैमा छन्दमय जीवनका लागि शुभकामना पनि दिएका छन् ।

                एजेन्सी

प्रतिक्रिया दिनुहोस्