Logo

सडक नाटक “कुरो अर्को छ” पुर्वि नेपालका ६० स्थानमा प्रदर्शन गरीदै ।

                                 दस्तावेज दुवई संवादादाता
यु.के एन्ड सक्षम प्रोजेक्ट र साहारा नेपालको आयोजनामा क्षितिज नाट्य समूह झापाका कलाकारहरु द्वारा अभिनित बित्तिय साक्षरता सम्बन्धि सडक नाटक *कुरा अर्को छ* इलाम,झापा र सुनसरीका ६० स्थानमा प्रदर्शन भइरहेको छ यसै अन्तर्गत मिति २०७४/०१/११ सोमबारका दिन झिलझिले बजार र चन्द्रगढी बजारमा प्रस्तुत गरियो । उक्त नाटकको लेखन तथा निर्देशन चर्चित रंगकर्मी,लेखक तथा प्रस्तोता माधव कल्पित को रहेको तथा गजेन्द्र पृथक,माधव प्रसाद सिटौला,भिमा खतिवडा,बन्दना मिश्र,माया सिटौला,झापाली कान्छा अभिषेक को अभिनय तथा सुजना खतिवडाको सृङ्गार रहेको थियो। उक्त सडक नाटक हेर्नको लागि झापाको झिलझिलेमा करिब ३०० जना को उपस्थिति रहेको थियो । सबै दर्शक स्रोताहरुले अत्यन्तै मनोरञ्जनात्मक र सन्देश मुलक रहेको प्रतिक्रिया दिएका थिए भने कार्यक्रमको अन्त्यमा माधव कल्पितले सडक नाटकले दिन खोजेको सन्देशको बारे स्पष्ट पार्नु भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्