Logo

छोरीलाई जोगाउन खोज्दा आमा आँफैं बलात्कृत

२१ फागुन, दाङ । एकै घरका आमा छोरीलाई बलात्कार गरेको आरोपमा दाङमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाघमारे गाविस ४ निवासी अन्दाजी ३५ वर्षका रेवती घर्ती रहेको तुलसीपुरका निमित्त प्रहरी प्रमुख। प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

               ११ फागुनमा करिब सात बजे ११ वर्षीया बालिकालाई घरमा कोही नभएको मौका छोपी बलात्कार गर्ने क्रममा घटना स्थलमा आइपुगेकी आमालाई बलात्कार गरेर आरोपी भागेको प्रहरीले बताएको छ । ‘आमा बाहिर गएको मौक छोपी आरोपी घरमा गएछ ’ प्रनाउ तिवारीले भने बालिकालाई मुख छोपेर बलात्कारको प्रयास गर्नेक्रममा पुगेकी आमाले, घटना देखेर चिच्याउन कराउन थालेपछि आमालाई नै बलात्कार गरेर भागेछ ।

              आरोपीले बहिर कही कतै भनेमा ज्यान मार्ने धम्की दिएका कारण घटना ढिलो गरी प्रहरीमा आइपुगेको प्रहरीले बताएको छ । आजको राजधानी दैनिकमा खवर छ ।

 

प्रतिक्रिया दिनुहोस्