Logo

बजारमा पाँच सयको नक्कली नोट भेटिन थाले

पोखरामा पाँच सय रुपैयाँ दरका नक्कली नोट बाक्लै फेला पर्न थालेका छन्। पछिल्लो समय नक्कली नोट छ्याप्छ्याप्ती फेला पर्न थालेको राष्ट्र बैंकको यहाँस्थित कार्यालयले जनाएको छ। गिरोहले नक्कली नोटको ठूलो परिमाण बजारमा ल्याएको हुन सक्ने केन्द्रीय बैंकको अनुमान छ। आजको नागरिक न्युजले बताएको छ ।

              राष्ट्र बैंक पोखराका कामु निर्देशक बृहस्पति अधिकारीका अनुसार गत माघ १३ गतेबाट पाँच सय रुपैयाँ दरका नक्कली नोट फेला पर्न थालेका थिए। शुक्रबार र आइतबार ७/७ वटाका दरले नक्कली नोट विभिन्न बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा बुझाएका छन्।

प्रतिक्रिया दिनुहोस्