Logo

किन जुट्न सकेनन् देवीमायाको समस्यामा युएईका नेपाली संघसंस्था ?

             

                           रामप्रसाद ढुङ्गेल

यूएईमा क्रियाशील नेपाली संघसंस्थाहरु र यसका नेतृत्व कर्ताहरुको संवेदना कहाा, कसरी र कस्तो मुद्दामा केन्दि्रत हुन्छ ? यसै भन्न सकिन्न । कसैलाई सामान्य विपत पर्‍यो भने यहााका नेपाली संघसंस्थाको संवेदना आवश्यकताभन्दा बढी खनिएको इतिहास छ । तर, कोही ठूलै संकटमा परे पनि आाखै अघि भए पनि नदेख्याझै गरेको पाइएको छ ।

             युएईको नेपाली समुदायमा विगत चार महिनादेखि अस्पतालमा उपचाररत दिक्तेल नपा-६, खोटाङकी देवीमाया लामा श्रेष्ठको सवालमा यहााको नेपाली समाज लगभग मौन छ ।

                गत जनवरीमा झापाका जीवन रानालाई सारजहामा अज्ञात गाडीले ठक्कर दिएपछि उनको सहयोगका लागि एनआरएनको नेतृत्वमा सहयोग अभियान चलाइको थियो । इनास, झापाली समाज, प्रवासी मञ्चमात्र होइन, धेरै व्यावसायी तथा सर्वसाधारण असंगठित नेपालीहरुले पनि आर्थिक सहयोग गरेका थिए । सबैको सहयोग र सहकार्यको परिणाम आवश्यकताभन्दा बढी रकम संकलन भएको थियो ।

                 उनले स्वास्थ्य लाभ गरिसकेका छन् भने केही रकम उनको श्रीमतीको नाममा समेत नेपाल पठाइएको जानकारी एनआरएनले दिएको छ । तर, उपचारको बिल तिर्न नसकी अस्पतालमा बस्न विवश देवीको उद्दार गर्न युएईका नेपाली संघसंस्था किन एकजुट हुन सकिरहेका छैनन् ?
युएईको नेपाली समाजमा जाति, क्षेत्र र पहुाचका आधारमा समस्यामा परेका नेपालीहरुलाई सहयोग जुट्ने केही बुज्रुकहरुको तर्क छ । यसमा केही सत्यता पनि छ । मिडियाले पनि यसमा महत्वपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ । ठूला सञ्चारमाध्यममा समाचार प्रकाशित भएमा सम्बन्धित समस्या समाधानमा धेरैले अग्रसरता देखाउाछन् । तर, देवीमायाको हकमा भने युएईका जिम्मेवार सामाजिक संस्थाहरु मौनता सााधेर बसेका छन् ।

                   युएईमा करिब १ सयको हाराहारीमा नेपाली संघसंस्था चलायमान छन् । उनीहरु सबैको पहिलो कर्तव्य भनौं वा उद्देश्य समस्यामा परेका नेपालीहरुलाई सक्दो राहत पुर्‍याउनु रहेको पाइन्छ । केही संघसंस्थाहरुले समस्यामा परेका नेपालीलाई सहयोग गर्दै नेपालको शैक्षिक, विकास निर्माण, स्वास्थ्य आदि विविध क्षेत्रमा सहयोग गरेका पनि छन् ।पाकिस्तानी नागरिकको हत्या आरोपमा मृत्युदण्डको सजाय सुनाइएका अनिश राईको सहयोगका लागि युएईका नेपाली संघसंस्थाले सहकार्य गरेर एकताको राम्रो सन्देश प्रवाह गरेका थिए । यहााका पुराना तथा स्थापित संस्थाहरु नेपाली समाज, एनआरएन लगायतले केही मुद्दाहरुमा नेतृत्व गर्दै नेपालीहरुलाई परेका समस्या समाधानमा पहलकदमी उठाएका धेरै उदाहरणहरु छन् । उनीहरुले हात हालेका वा नेतृत्व गरेका धेरै समस्याहरु समाधान पनि भएका छन् ।

                   नेपाली दुताबास अबुधाबीको नेतृत्वमा कार्यवाहक राजदूत नेत्रबहादुर टण्डन आएपछि युएईमा क्रियाशील नेपाली संघसंस्थाहरुको अस्तित्व स्वीकार गरेको पाइएको छ । नेपाली दूतावासले जनचेतना जगाउनेदेखि हुण्डी नियन्त्रण गर्ने जस्ता मजदुर केन्दि्रत कार्यक्रमहरु पनि गर्दै आएको छ ।

केही समयअघि नेपाली दूतावासले यहाा क्रियाशील नेपाली संघसंस्थाहरुका पदाधिकारीको बायोडाटा र सामाजिक क्रियाकलापहरुको सूची माग गरेको थियो । कतिले दुतावासको यो अभियानलाई शंकास्पद तरिकाले बुझे भने कतिले दुतावासले नेपाली संस्थाहरु ‘दर्ता’ गर्न लाग्यो भनी खुसी प्रकट गरे । तर, दुतावासले यहाा क्रियाशील नेपाली संस्थाहरुसाग सहकार्यका लागि संघसंस्थाको क्रियाकलापको आधारमा गरिएको सामान्य ‘सूचिकृत’ अभियान मात्र गरेको हो भन्ने कुरा थोरैलाई जानकारी छ अझै पनि । यद्यपि, युएईको कानुन अनुसार यहाा क्रियाशील नेपाली संघसंस्थाहरु अवैध छन् ।

विविध चुनौतीहरुबीच यहााका नेपाली संघसंस्थाले आफ्ना क्रियाकलाप जारी राखेका छन् । नेपाली नयाँवर्ष, चाडपर्व वा विशेष साँस्कृतिक क्रियाकलापमा नेपाली संघसंस्थाले सक्रियता देखाउँछन् । पीकनिक खान, नाचगान गरी रमाइलो गर्न मात्र यहााका नेपाली संस्थाहरु सक्रिय छैनन्, कसैलाई ठूलै वा सानातिना आपत पर्दा यथासक्य आर्थिक, भौतिक, नैतिक सहयोग गरेकै छन् 

                स्मरण रहोस्, यो ब्लग तयार पारिरहेको परिप्रेक्ष्यमा आगामी मे १२ तारिख अबुधाबीमा २५६१ औं बुद्धजयन्तीलाई सामूहिक रुपमा मनाउन युएईमा कार्यरत ४० वटा नेपाली संघसंस्था तथा व्यावसायीहरुले ऐक्यबद्धता जनाएका छन् । उक्त कार्यक्रम सफल पार्न ४० वटा संघसंस्थाले मिलेर काम गर्नुलाई निकै महत्वका साथ हेरिएको छ । तर, वर्तमानको जल्दोबज्दो देवीमायाको समस्यालाई युएईका नेपाली संघसंस्थाले कसरी सहयोग र सहकार्य गर्लान् ? केही समय कुर्नैपर्ने भएको छ ।

२०७४ वैशाख ११ गते ११:५१ मा प्रकाशित

               साभार अनलाईन खवर

प्रतिक्रिया दिनुहोस्