Logo

आगलागीमा एकै परिवारका तीन बालबालिकाको मृत्यु

वैशाख ११, २०७४- बाँकेमा आगलागीमा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ ।

बाँकेको डुडवा गाउँ पालिकास्थित कुडवामा आइतबार राति १२ बजे सुरु भएको आगलागीमा मुन्सीराम मुराउका तीन छोराछोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिए ।

थापाका अनुसार मुन्सीरामका १० वर्षे छोरी सोनी, ८ वर्षीया राधा मुराउ र ६ वर्षीय पवन मुराउको जलेर घटनास्थलमै मृत्यु भएको हो ।

आगलागीमा स्थानीयका ६ वटा घर र दुइटा गोठ जलेर खरानी भएका छन्

प्रतिक्रिया दिनुहोस्