Logo

प्रतिकूल मौसमले आरोही प्रभावित

वैशाख ११, २०७४- सगरमाथा क्षेत्रमा तीन दिनयता मौसम प्रतिकूल हुँदा हजारौं आरोही अलपत्र परेका छन् । शुक्रबारदेखि लगातार हिमपात र बादल लागेपछि मौसम खुल्न सकेको छैन । हेलिकप्टर समेत अवतरण गर्न सकिएको छैन, बाटो बनाउने काम प्रभावित छ ।

            सगरमाथा आरोहणका लागि भारतीय समूह लिएर आधार शिविर पुगेको पिक प्रमोसन प्रालिका सदस्य फिन्जु शेर्पाले टेलिफोनमा भने, ‘मौसम खुल्ने आशा छ तर कहिले खुल्ने हो थाहा भएन ।’
           आधारशिविरमा प्राप्त जानकारीअनुसार आइसफल डाक्टरहरूले क्याम्प थ्रीदेखि क्याम्प फोर जाने बाटो खोलिरहेका छन् । साउथ कोल भन्ने स्थानसम्म आइसफल डाक्टरहरूले बाटो खोलिरहेको खबर आएको उनले बताए । आइसफल डाक्टरले क्याम्प फोर (चौथो शिविर) सम्म बाटो खोल्छन् । क्याम्प फोरदेखि शेर्पाहरूले चुचुरोसम्म डोरी टाँग्ने काम (रोप फिक्सिङ) गरेपछि आरोहणका लागि बाटो खुल्छ ।

            

प्रतिक्रिया दिनुहोस्