Logo

वैशाख ३१ र जेठ ३१ मा स्थानीय निर्वाचन गर्ने सरकारको निर्णय

             वैशाख १०, २०७४, सरकारले स्थानीय तह निर्वाचन दुई चरणमा गर्ने निश्चित गराएको छ ।   

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ३१ गते र जेठ २१ गते स्थानीय निर्वाचन गर्ने निर्णय गरेको उद्योगमन्त्री नवीन्द्रराज जोशीले जानकारी दिए । सरकार र मधेसी मोर्चाबीच शनिबार भएको सहमतिअनुसार संविधान संशोधन प्रस्तावमा संसदले दिने समयभित्र थप संशोधन दर्ता गराउने भएको छ । सरकारले संसदमा परिमार्जनका अर्को प्रस्ताव लैजान नपर्ने मन्त्री जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्