Logo

दस्तावेज विशेष : पूर्व भारतिय राजदुत रन्जित रायको सनसनीपूर्ण अभिव्यक्ति

दस्तावेज प्रतिनिधि,काठमाण्डौं बैसाख १०,नेपालका लागि पूर्व भारतिय राजदुत रन्जित रायले नेपालवारे सनसनीपूर्ण अभिब्यक्ति दिएका छन् । आफ्नो कार्यकालमा भूकम्पको चरम मारले ग्रसित नेपाली जनतामाथि भारतले लगाएको नाकावन्दीको कारण श्री राय निकै आलोचित बन्न पुगेका थिए । नेपालको संविधान जारी हुँदा उनले दिएका कतिपय आपत्तिजनक अभिव्यक्तिले पनि आम नेपालीले उनिप्रति तितो ओकलेका थिए  । उनी नेपालका लागि भारतिय राजदुतको रुपमा साँढे दुईबर्ष नेपालमा रहेर काम गरे । साँढे दुई बर्षको कार्यकालमा उनि विवादास्पद बन्न पुगे ।
                         नेपालको लागि भारतिय राजदुत एउटा शक्तिशाली ओहदा मान्न सकिन्छ । तथापि आफ्नो कार्यकालमा उनि नेपाली जनतासँग नजिक रहेको अनभुति उनले गरेका छन् । सबै तह र तप्कासँग निरन्तर संवादमा रहेर काम गर्ने मौका पाएको उनले जीकिर गरेका छन् । ‘सबैसँग निकट भएर कामगर्न पाउन मेरो लागि अहोभाग्य थियो’ उनले थपेका छन् ।
२०७० साल भाद्र २ गतेबाट नेपालका लागि भारतिय राजदुतको पदभार सम्हालेका श्री रन्जित राय हाल नयाँ दिल्लीमा छन् । भारतिय कुटनीतिक बृत्त अनुसार नेपालको लागि भारतिय नागरिकको पोस्टिङ कुटनीतिक क्षेत्रमा लागेका धेरैजसोको सपना बन्न पुगेको छ । भाग्यमानी कुटनीतिज्ञले मात्रै‘मान र शक्ति’ मिश्रित उक्त अवसर प्राप्त गर्न सक्छन् । जसका कारण शक्ति र सम्मानका कारण दशकौं अघि अवकाश प्राप्त पूर्वराजदुतहरुको दिमागबाटपनि नेपालको ह्याङ्गओभर गईसकेको छैन ।                                                              डेढ महिनाअघि अवकाश लिई दिल्ली फर्किसकेका पूर्व राजदूत राय यसबाट मुक्त हुने त कुरै भएन । मनभरि नेपाल घुमिरहेको र नेपाललाई हमेशा सम्झिरहेको उनि बताउँछन् । नेपाल भारत सम्वन्ध निकै तनावपूर्ण रहेको अवस्थामा उनि नेपालको लागि भारतिय राजदुत भएका थिए । संयोगबस भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईपटकको नेपाल भ्रमण सम्वन्धको सहज वातावरणमा भएको थियो । संविधान जारी भएसँगै नेपाल भारत सम्वन्धमा निकै दरार आयो । जसको फलस्वरुप   भूकम्पले थलिएको नेपालले भारतबाट थप नाकाबन्दीको कहर सहनुपर्‍यो ।  

                              त्यसपछि लगातार नेपालमा भारतीय हस्तक्षेप हुनपुग्यो ।  सरकार परिवर्तन लगायत नेपालको अन्य आन्तरिक मामलामा समेत भारतले हस्तक्षेप गर्नथाल्यो । नेपालमा संविधान जारी गर्ने समयको प्रत्यक्ष साक्षीमात्र नभई संविधान जारी भएपछि बिग्रिएको नेपाल भारत सम्वन्ध र नाकावन्दीको उनी स्टेकहोल्डर रहे । कैयौं बर्षपछिको राष्ट्रपति प्रणव मुखर्जीको राजकिय भ्रमण उनकै कार्यकालमा भयो । यो एउटा संयोग थियो । हरेक संकटमा राजदुत रायको बाहिरी प्रस्तुति ‘प्रतिकुल’ देखिन्थ्यो । जसलाई उनले अगाडि आउन दिएनन् । यो बिचमा उनले आफ्ना चर्का आलोचकलाई पनि भेटेर सम्वाद कायम गरे । भारतीय भूमिकाको चर्को आलोचना गर्ने सवैसँग उनले व्यक्तिगत रुपमा घनिष्टता कायम गरे । भारत फर्किनुअघि राजदुत रायले दुतावासस्थित आफ्नो निवासमा समुहगत रुपमा भिजिटिङ कार्ड बाँडे र विदाई समारोहमा दिल्ली आउँदा सवैलाई भेट्न आग्रह गरेका थिए ।
                            उनि करिव १५ बर्षदेखि नेपालसँग नजिक छन् । डेढ बर्षको आफ्नो कार्यकालमा उनले आफू निकै सन्तष्ट भएको दावी गरेका छन् । जनता बिचको मित्रता र हार्दिक अभिव्यक्तिमा सहयोग गर्न पाउन मेरो लागि अहोभाग्य थियो उनि सम्झन्छन् । नेपालीको सौहार्दता र हार्दिकता धेरै नै मिस गरेको श्री राय बताउँछन् । अप्ठ्यारो र असहज परिस्थितिको वेलामा पनि नेपाली जनताले देखाएको आत्मीयता र न्यानोपन म कहिल्यै भुल्न सक्दिन उनि थप्दछन् । संकट पर्दापनि नेपाली जनताले म प्रति दुर्भाव नदेखाउनु पक्कैपनि गौरवको कुरा थियो । हमेशा सद्धभाव मात्रै पाएको उनि बताउँछन् । नाकावन्दीको समयताका मधेसीहरुले आन्दोलन गरिहेका बेला पनि पहाडतिरबाट सम्मान पाएको उनि बताउँछन् । जहाँ भारतविरोधी भावना उनले कहिल्यै महशुस गरेनन् ।
                            जनसांख्यिक हिसाव एवं हिमाल,पहाड,तराईजस्तो भौगोलिक विविधता भएको अत्यन्तै सुन्दर देश,प्रकृतिको एक अनमोल टुक्राजस्तो लाग्ने नेपालमा यति धेरै धार्मिक स्थल छन् । जुन विविधता मेरो मानसपटलमा तरोताजा नै छन् उनि थप्छन् । नेपाल र भारत मिलेर प्राकृतिक सुन्दरतालाई जनताको समृद्धिमा बदल्नुपर्ने उनको ठहर छ ।  जसबाट जनताको जीवनस्तर माथि उकास्न सकिने उनि बताउँछन् ।
                             भूकम्पको चरम मारवाट थलिएको केहि समयमा नै तहसनहस भएका नेपाली जनता ,सरकारको भर नपरिकन  आफैं सम्हालिन सक्नु अत्यन्त सकारात्मक पक्ष भएको र नेपाली जनताको सहनशीलता र उदारताबाट आफू निकै प्रभावित भएको उनि बताउँछन् । संसारमा यस्ता जनता विरलै होलान् , जो कसैसँग भर नपरी संकटको सामना आँफै गर्न सके वा तत्पर रहे ।
                        काठमाण्डौं उपत्यकाको संस्कृति र नेवारको खानपान पनि अविस्मरणिय रहेको उनले बताए । काठमाण्डौं उपत्यकाको नेवारी संस्कृति वास्तवमै अद्भुत र अनुपम भएको उनको बिश्लेषण छ । नेवार जातिबाट जोगाईएको ६० वटा विश्व सम्पदा स्थल निकै सम्झेकोे उनि बताउँछन् ।
                        अरुजस्तै नेपालमा सबै शीर्ष नेता र नीति निर्मातासँग प्रत्यक्ष निकट सम्पर्कमा रहेर काम गरेका रायले नेपालका धेरै जिल्ला घुमफिर गरेका छन् । मधेसप्रति स्वाभाविक रुपमा उनको लगाव रहेपनि उनि नेपालको हरेक क्षेत्र तह र तप्कामा पुगे । अन्तर्किया गरे । सोही कारणले उनको विदाई सम्भवतः अन्य भारतीय राजदुतको तुलनामा बिशेष रह्यो । उनले व्यक्तिगत तहवाट आयोजना गरिएका हाई प्रोफाईल बाहेकको विदाईमा सहभागिता जनाएनन् । तर उनको विदाईमा आयोजित संस्थागत कार्यक्रममा प्रायः सवै सहभागी भए । जनकपुरको जानकी मन्दिर परिसरमा ठूलो भीडले उनलाई विदाई गर्‍यो । काठमाण्डौंमा पनि उनको विदाई सौहार्दपूर्ण नै रह्यो ।
                           हरेक देशका आ–आफ्नै आन्तरिक समस्या हुन्छन् । ती आफ्नै प्रकारले समाधान हुँदै जान्छन् ।  नेपालको भविष्य उज्वल भएको उनि बताउँछन् । नेपालका सबैखाले कठिनाई र समस्याको समाधान जरुर हुनेछ । यस सवालमा उनि अत्यन्तै आशावादी र सकारात्मक भएको र नेपालको उज्वल भविष्यका लागि हमेशा प्रार्थना गरिरहने बताउँदै उनले कुराकानीको बिट मारे ।

प्रतिक्रिया दिनुहोस्