Logo

के तपाईँ पेटो बोसो घटाउन चाहनुहुन्छ ?

                                                                                           ‘पेटको बोसो घटाउने केहि घरेलु टिप्स ’

सकेसम्म स्लिम देखिने रहरजो कोहिलाईपनि हुन्छ । पेट बढ्यो भने आफूले चाहेजस्तो कपडा लगाउन पाईदैन । तसर्थ  घरेलु बिधि प्रयोग गरि हाम्रो शरिरमा रहेको अनावश्यक बोसो घटाउन सकिन्छ ।

१. बिहान लसुनको दुई या तीन पोटी चपाएपछि तातोपानीमा कागती हालेर पिउनाले बोसो घटाउन मद्धत पुग्दछ । मनतातो पानीमा कागती थोरै सिधेनुन मिसाएर हरेक विहान सेवन गर्नाले अतिरिक्त बोसो घटाउन थप मद्धत पुग्दछ ।

२. खैरो चामलको भातपनि पेटको बोसो घटाउन प्रभावकारी सिद्ध हुने बैज्ञानिकहरुले दावी गरेका छन् ।

३.पेटको बोसो कम गर्न धेरै पानी पिउनहोस् । नियमित पानी पिउने गर्नाले मेटाबलिजम बढ्छ र शरीरबाट टक्सिन (बिषालु पदार्थ ) बाहिर निस्कन्छ । यसबाट शरीर स्वस्थ रहन्छ ।

४. खानामा फल र हरियो सागसब्जी खाने गर्नहोस् । बिहान बेलुकीएक कचौरा फल र सागसब्जी

    खान स्वास्थ्यका लागि फाईदाजनक हुन्छ ।

५. यदि तपाईँ पेटको बोसो कम होस् भन्ने चाहनुहुन्छ भने चिल्लो,अमिलो,पिरो र गुलियो पदार्थबाट
      टाढै रहनु बेस हुन्छ । गुलियो पदार्थले पेट,तिघ्राजस्ता शरीरका बिभिन्न भागमा बोसो जम्मा गर्दछ  

६.नियमित मात्रामा बदामको सेवन गर्नुहोस् । बदाममा भिटामिन ई हुनुको साथै यसको सेवनले पेटको अतिरिक्त बोसो घटाउन थप   

    मद्धत पुग्दछ ।

७. यदि तपाईँ वास्तवमै तौल कमगर्न चाहनुहुन्छ भने माछा मासुको सेवन गर्न छोड्नहोस् । शाकाहारी

   भोजन गर्नहोस् ।

८.खाना पकाउने तरिका परिवर्तन गर्नहोस् । खानामा तौल बढाउने खालका मसला प्रयोग नगर्नुहोस् । दालचिनी अदुवा र मरिचको प्रयोग खानामा अनिवार्य गर्नुहोस् जसले मोटोपना घटाउन थप मद्धत गर्दछ

प्रतिक्रिया दिनुहोस्